२ भदौ २०८३, मंगलबार | August 18, 2026

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न



नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । जुमा स्पोर्टस क्लव, नेपालगन्जको आठौ स्थापना दिवसको अवसरमा क्लवले व्यवसायी र पत्रकारका बीच फुटसल आयोजना गरेको हो ।

न्यूरोडस्थित नेपालगन्ज फुटसलमा बिहान खेलिएको खेल बराबर गोल गरेर टुंगिएको छ । खेलमा पत्रकार टीमले खेल प्रारम्भ देखि नै व्यवसायीको टिमलाई दवावमा राखेको थियो । खेलको अन्त्यमा भने ४-४ गोलमा खेल अवधि सम्पन्न भएको थियो ।

पत्रकार टीमबाट कुमार श्रेष्ठले २, समिरमान श्रेष्ठ र कमल खत्रीले १-१ गोल गरे । व्यवसायीबाट खिम अधिकारी, कौशल आचार्य, भाष्कर काफ्ले र सन्तोष बजगाईले १-१ गोल गरेका थिए ।

पत्रकारको टिममा पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष झलक गैरे, नरेन्द्र थापा, शरण कर्माचार्य, अर्जुन वली, भगतराम थारु, समीर शाहीलगायत सहभागी थिए भने व्यवसायीको टीममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, कृष्णप्रसाद श्रेष्ठ, भीम रानाभाट, श्यामसुन्दर अधिकारी, सतिश अग्रवाल, अधिवक्ता विकास आचार्यलगायत थिए ।

खेल अघि जुमाको आठौ स्थापना दिवसमा केक काटिएको थियो । क्लवका अध्यक्ष डा. उदय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भीम रानाभाटले क्लव स्थापना गर्दाको क्षण स्मरण गराएका थिए । अध्यक्ष डा. अधिकारीले जुमाले फुटबलसँगै सामाजिक गतिविधि गरिरहेको जानकारी दिए ।

प्रमुख अतिथि प्रजिअ तामाङले शुभकामना मन्तब्य लगत्तै रेफ्री केशव रानालाई बल दिएर खेलको उदघाटन गरेका थिए ।

व्यवसायीलाई खेल क्षेत्रसँग जोड्दै सामाजिक कार्य गर्ने उद्देश्यले वि.सं. २०७५ सालमा जुमाको स्थापना भएको थियो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ३ : १० बजे

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने

काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने