१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल



काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को आज आयोजित ३१औँ दीक्षान्त समारोहमा उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।

मन्त्री पोखरेलले भने, “सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ, यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ ।”

नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले भने, “यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुप¥यो ।”

मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रहसमेत गरे ।

उनले भने, “तपाईंहरु नआत्तिनुस् नेपालमै अवसर पाइन्छ र हामी आफैँ पनि अवसर सिर्जना गर्नेछौँ ।” त्यस अवसरमा उहाँले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

उपकुलपति प्रा डा ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र ‘अटोमेशन’को तीव्र विकाससँगै प्राविधिक दक्षता मात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

समारोहमा आमन्त्रित भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा डा भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले विश्वविद्यालयमा प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारी तथा चुनौतीलाई अवसरमा बदल्नेगरी समाजको हितमा प्रयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : ४६ बजे

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी

आईजीपी हटाउने निर्णयमा रास्वपा पार्टी र सरकारको भनाइ बाझियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने

बर्खास्त आईजीपी कार्की सर्वोच्च जाने मुडमा

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ