३ भदौ २०८३, बुधबार | August 19, 2026

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन् ।

पार्टीका सांसदलाई लक्षित गरेर आयोजना गरिएको डिजिटल प्लेटफर्म (पल्स आरएसपी) र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढङ्गले सरकार अघि बढ्ने विश्वास व्यक्त गरे ।

“सरकारले १०० दिनमा नागरिकसँग सम्बन्धित र सुशासनका विषयमा बढी जोड लगाएर काम गरेको छ । विकास निर्माण र दूरगामी महत्त्वका विषयमा आज गरिएको कामको प्रभाव केहीसमय पछि देखिँदै आउँछ”, सभापति लामिछानेले भने ।

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको जनाउँदै उनले भने, “सहजै सरकारी सेवा प्राप्त गर्न सक्ने अवस्थाको सुरुआत भएको छ । सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ ।”

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ४१ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं ।वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका