१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने



काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै केप भर्डेलाई ३-२ गोलअन्तरले पराजित गरेको छ । रोमाञ्चक जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गर्दै इजिप्टसँगको भेट पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पाँच गोल भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले अन्ततः बाजी मार्यो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले खेलको २९ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । योसँगै उनले जारी विश्वकपमा आफ्नो सातौँ गोल पूरा गरेका छन् भने विश्वकप इतिहासमा कुल गोल संख्या २० पुर्‍याएका छन् ।

दोस्रो हाफमा केप भर्डेले उत्कृष्ट पुनरागमन गर्दै ५८ औँ मिनेटमा ड्रोए डुवार्टेको गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्यायो । त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

अतिरिक्त समयको दोस्रो मिनेट (९२औँ मिनेट) मा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २-१ को अग्रता दिलाए । तर केप भर्डेले हार मानेन र १०३ औँ मिनेटमा सिड्ने लोपस क्याब्रेलले गोल गर्दै फेरि खेललाई २-२ को बराबरीमा पुर्‍याए ।

खेल पेनाल्टीतर्फ उन्मुख भइरहेका बेला १११ औँ मिनेटमा केप भर्डेका डिनी बोर्गसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो । उक्त गोलसँगै अर्जेन्टिनाले ३-२ को कठिन जित निकाल्दै नकआउट चरण पार गर्न सफल भयो ।

अब अर्जेन्टिनाले क्वाटरफाइनल प्रवेशका लागि पहिलोपटक विश्वकपको अन्तिम १६ मा पुगेको इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : ०८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित