काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै केप भर्डेलाई ३-२ गोलअन्तरले पराजित गरेको छ । रोमाञ्चक जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गर्दै इजिप्टसँगको भेट पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पाँच गोल भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले अन्ततः बाजी मार्यो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले खेलको २९ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । योसँगै उनले जारी विश्वकपमा आफ्नो सातौँ गोल पूरा गरेका छन् भने विश्वकप इतिहासमा कुल गोल संख्या २० पुर्याएका छन् ।
दोस्रो हाफमा केप भर्डेले उत्कृष्ट पुनरागमन गर्दै ५८ औँ मिनेटमा ड्रोए डुवार्टेको गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्यायो । त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।
अतिरिक्त समयको दोस्रो मिनेट (९२औँ मिनेट) मा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २-१ को अग्रता दिलाए । तर केप भर्डेले हार मानेन र १०३ औँ मिनेटमा सिड्ने लोपस क्याब्रेलले गोल गर्दै फेरि खेललाई २-२ को बराबरीमा पुर्याए ।
खेल पेनाल्टीतर्फ उन्मुख भइरहेका बेला १११ औँ मिनेटमा केप भर्डेका डिनी बोर्गसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो । उक्त गोलसँगै अर्जेन्टिनाले ३-२ को कठिन जित निकाल्दै नकआउट चरण पार गर्न सफल भयो ।
अब अर्जेन्टिनाले क्वाटरफाइनल प्रवेशका लागि पहिलोपटक विश्वकपको अन्तिम १६ मा पुगेको इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।



















प्रतिक्रिया