१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते



मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको छ । बसमा ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बस चालक धनुषाको जनकपुर उपमहापालिका ८ बस्ने वर्ष ५० को धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  २ : ५८ बजे

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

हुम्ला-सुर्खेत सडक जीर्ण

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ

एनपीएल जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत

चक्रवात ‘अर्नब’को प्रभाव : भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु, हजारौँ विद्युत् पोल ढले

काठमाडौं । समुद्री चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा पाँच