१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते



हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।

घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश गोकर्ण डाँगी, रजिस्ट्रार र तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ ।

गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी काफ्लेले जानकारी दिए। दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १० : २४ बजे

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

हुम्ला-सुर्खेत सडक जीर्ण

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ

एनपीएल जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत

चक्रवात ‘अर्नब’को प्रभाव : भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु, हजारौँ विद्युत् पोल ढले

काठमाडौं । समुद्री चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा पाँच