५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत



दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म कूल बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि रु ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोमा जेठसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो ।

विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ५०.६७ प्रतिशत अर्थात सात अर्ब दुई करोड २० लाख ७५ हजार ८३ खर्च भएको छ भने विकास निर्माणसँग जोडिने पुँजीगत खर्चतर्फ ४४.९२ प्रतिशत अर्थात् रु १० अर्ब ५४ करोड २७ लाख छ हजार ५६५ खर्च भएको छ ।

मन्त्रालयगत खर्च विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ । जसले आफ्नो रु चार अर्ब ९५ करोड २९ लाख ७३ हजारको कूल बजेटमध्ये ६२.७७ प्रतिशत खर्च गरिसकेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ५०.२६ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ४८.६६ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४७.०६ प्रतिशत र सहरी विकास तथा खानेपानी मन्त्रालयले ४३.१० प्रतिशत बजेट कार्यान्वयन गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रगति ४२.७३ प्रतिशत रहँदा सामाजिक विकास मन्त्रालयको ३६.४१ प्रतिशत र उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको खर्च प्रगति ३७.१३ प्रतिशत रहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको खर्च प्रगति भने निकै न्यून देखिएको छ । आन्तरिकको १५.२८ प्रतिशत र युवा तथा खेलकुदको १९.७८ प्रतिशत मात्र खर्च भएको छ । स्थानीय तहमा जाने अनुदानतर्फ भने खर्च सन्तोषजनक देखिएको छ । जेठ मसान्तसम्म ६२.७२ प्रतिशत प्रगति हासिल भएको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ्ने भएकाले यो खर्चको दर बढ्न सक्ने प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : ४९ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे