२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

इतिहास रच्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश, सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो



काठमाडौं । सह-आयोजक क्यानडालाई ३-० गोलअन्तरले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले उपाधि दाबेदार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफमा घरेलु समर्थकको साथ पाएको क्यानडाले आक्रामक खेल प्रदर्शन गर्दै मोरक्कोमाथि लगातार दबाब सिर्जना गरेको थियो । तर मोरक्कोका अनुभवी गोलरक्षक यासिन बोनो उत्कृष्ट लयमा देखिए । उनले विशेषगरी फरवार्ड तानी ओलुवासेयीको शक्तिशाली प्रहारलाई रोकेर टोलीलाई सुरुआती संकटबाट जोगाए ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि मोरक्कोले दोस्रो हाफमा खेलको स्वरूप नै बदल्यो । खेलको ५० औँ मिनेटमा अचरफ हाकिमीको फ्रिकिक पासमा अजेदिन उनाहीले डिबक्स बाहिरबाट शानदार प्रहार गर्दै टोलीलाई अग्रता दिलाए ।

एक गोलले पछि परेको क्यानडाले बराबरीका लागि निरन्तर प्रयास गरे पनि त्यसको फाइदा मोरक्कोले काउन्टर अट्याकमा उठायो । ८२ औँ मिनेटमा ब्राहिम डियाजको पासमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयको ९८ औँ मिनेटमा सुफियान राहिमीले अर्को गोल थपेपछि मोरक्कोले ३-० को प्रभावशाली जित दर्ता गर्‍यो ।

यो जितसँगै विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीहरूले हासिल गरेका आठ जितमध्ये चार जित मोरक्कोको नाममा पुगेका छन् । क्यामरुन, सेनेगल, घाना र इजिप्टले समान एक-एक जित हासिल गरेका छन् ।

यता, यस हारसँगै फिफा विश्वकप २०२६ का तीन सह-आयोजकमध्ये क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

अब क्वाटरफाइनलमा मोरक्कोको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । अफ्रिकी फुटबलको नयाँ इतिहास रचिरहेको मोरक्को र उपाधिका प्रमुख दाबेदार फ्रान्सबीचको भिडन्त विश्वकपकै सबैभन्दा प्रतीक्षित खेलमध्ये एक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ४३ बजे

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध