३० असार २०८३, मंगलबार | July 15, 2026

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

फ्रान्सको जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गरेको एकमात्र गोल निर्णायक बन्यो। गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि दोस्रो हाफमा प्राप्त पेनाल्टी अवसरलाई एम्बाप्पेले सहजै गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

सुरुआती चार खेलमा कम्तीमा तीन-तीन गोल गर्दै आक्रामक प्रदर्शन गरेको फ्रान्सलाई यसपटक पाराग्वेले कडा चुनौती दिएको थियो । अनुशासित रक्षात्मक रणनीति अपनाएको पाराग्वेविरुद्ध फ्रान्सले जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो ।

खेलभर फ्रान्सले ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै पूर्ण वर्चस्व कायम गरेको थियो । फ्रान्सले विपक्षी पोस्टतर्फ १५ पटक प्रहार गर्दा पाराग्वेले भने पाँच पटक मात्र अवसर सिर्जना गर्न सक्यो । पासको तथ्यांकमा पनि फ्रान्स निकै अगाडि रह्यो । फ्रान्सले ५ सय ५२ पास पूरा गर्दा पाराग्वेले १ सय ७५ पास मात्र खेल्न सफल भयो ।

यस जितसँगै फ्रान्सले विश्वकप उपाधितर्फको आफ्नो अभियानलाई निरन्तरता दिएको छ ।

अब क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले अन्तिम १६ मा सह-आयोजक क्यानडालाई ३-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । उपाधिका दाबेदार फ्रान्स र इतिहास रचिरहेको मोरक्कोबीचको भिडन्त विश्वकपको सबैभन्दा रोमाञ्चक क्वाटरफाइनल खेलमध्ये एक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ५१ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित