५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ



काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत छन्।

प्रहरीका अनुसार केही दिनअघि ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक सडकमा हिँडिरहेकी एक महिलासामु उनले आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोप लागेको हो।

घटनापछि पीडित महिलाले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएर भट्टलाई पक्राउ गरेको हो।

हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी सार्वजनिक शिष्टाचारविरुद्धको कसुर तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ३९ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको