५ भदौ २०८३, शुक्रबार | August 21, 2026

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ



नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

जिल्लाका केही भू–भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसानले सिँचाई अभावमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ ।

समयमै वर्षा नहुँदा किसानले नेपालगन्ज, खजुरा क्षेत्रमा कम रोपाइँ गरेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् । उनका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ अहिले पनि जारी छ । रोपाइँ भएकामध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने शर्माले बताइन् । “केही दिनपहिले वर्षा भएको थियो, तर त्यसपछि ठूलो वर्षा भएकै छैन,” उनले भनिन् ।

उनका अनुसार जिल्लामा अधिकांशले किसानले राधा ४ मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।

ढिलो वर्षा भएका कारण रोपाइँ केही ढिलो भए पनि त्यहाँको चलनअनुसार हालसम्मको रोपाइँको अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँकेमा किसानले भदौ पहिलो सातासम्म धान रोपाइँ गर्दै आएको इतिहास छ ।

सिक्टा सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याड राखेका किसानले वर्षा हुनासाथ धान रोपाइँ गरेका छन् । हालसम्म जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको छ ।

परम्परागत रुपमा ढिलो धान रोप्ने चलन भएका कारण पनि कतिपय स्थानमा खेतमा पानी भए पनि बीउ ठूलो नभएका कारण किसानले रोपाइँ गर्न नसकेको किसानहरुले बताएका छन्।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ८ : ५६ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको