१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग



बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. ३ गोलपार्कमा रहेको चिडियाखोला बाल विकास केन्द्र, बुटवलमा रहेका बालकालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत सोमवार क्लवले चिडियाखोला बाल विकास केन्द्र, बुटवलमा रहेका बालकालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो ।

क्वलका अध्यक्ष लायन दिनेश कुमार प्रधानको अध्यक्षता तथा सचिव लायन विष्णु प्रसाद गैरेको सञ्चालनमा भएको कार्यक्रममा क्लबकातर्फबाट केन्द्रमा रहेका बालबालिकाहरुका लागि झोला, कापि तथा छाताहरु प्रदान गरिएको थियो ।

उक्त अवसरमा बोल्दै क्लकका अध्यक्ष प्रधानले शैक्षिक विकास र सामाजिक दायित्वलाई मनन गर्दै सानाबालबालिकाहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्रीहरु क्लबले सहयोगिदाताहरुसंग सहकार्य गरि वितरण गरेको बताए ।

सो अवसरमा बाल विकास केन्द्रका कोषाध्यक्ष गोपालकुमार प्रधानले २०५८ सालमा स्थापना गरिएको केन्द्रमा रहेका बालबालिकाहरुको बृद्धि विकास र संरक्षणका लागि समाजमा रहेका सामाजिक संघसंस्थाहरुको सहयोग निकै महत्वपूर्ण हुने धारणा राखे । केन्द्रमा हाल १८ जना बालबालिकाहरु रहेको प्रधानले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लबका पिडीजी अर्नुनमान शैजु, फस्टभिपी रोशन कुमार श्रेष्ठ, थर्डभिपी आनन्द प्रसाद वझा, पाष्टप्रेसिडेन्डहरु अनिलप्रसाद श्रेष्ठ, शुबोधमान श्रेष्ठ, संजय जयसवाल, जिवन ओझा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ९ : ३५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित