१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

पहिरोका कारण सडक अवरुद्ध



काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् ।

वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले असार २२ गते रोल्पाको माडि गाउँपालिका–६ हार्निङमा पहिरो आउँदा रुकुम घोराही सहिद मार्र्ग बन्द भएको जानकारी दिए ।

त्यसैगरी, असार १७ गते रुकुमपश्चिम आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको भेरी करिडोर हालसम्म सञ्चालनमा आएको छैन । वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सडक खुलाउने प्रयास भइरहेको केन्द्रीय प्रवक्ता काफ्लेले बताए ।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्ग सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई नेपाल प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : ०८ बजे

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका