२३ असार २०८३, मंगलबार | July 7, 2026

पहिरोका कारण सडक अवरुद्ध



काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् ।

वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले असार २२ गते रोल्पाको माडि गाउँपालिका–६ हार्निङमा पहिरो आउँदा रुकुम घोराही सहिद मार्र्ग बन्द भएको जानकारी दिए ।

त्यसैगरी, असार १७ गते रुकुमपश्चिम आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको भेरी करिडोर हालसम्म सञ्चालनमा आएको छैन । वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सडक खुलाउने प्रयास भइरहेको केन्द्रीय प्रवक्ता काफ्लेले बताए ।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्ग सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई नेपाल प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : ०८ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै