१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते



नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०८-००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काठमाडौं महानगरपालिका-१० कपनका ३३ वर्षीय बद्री मगर, काठमाडौं स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, भारतको बैंगलोरका ६५ वर्षीय जगदिश बीएल, चितवनको कालिका नगरपालिका-३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देहीको बुटवल उपमहानगरपालिका-४ अमरपथका ४० वर्षीय रुप गुरुङ, ईभी भ्यानका सहचालक ३५ वर्षीय गोविन्द थापा, चालक रुपन्देहीको बुटवल-१२ ढवाहका ४४ वर्षीय कृष्ण थापा, गुल्मीको इस्मा गाउँपालिका-६ का २१ वर्षीय किरण मुखिया, भारतको कर्नाटक, बैंगलोरका ६१ वर्षीय नन्जुण्डे गोडा तथा बुटवल-१७ का २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-११ निवासी ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ४० बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ