१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ । रोमाञ्चक जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुआतमै इजिप्टले अर्जेन्टिनामाथि दबाब बनाउँदै १५ औँ मिनेटमा यासिर इब्राहिमको गोलमार्फत अग्रता लिएको थियो ।

१९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लियोनल मेस्सी गोल गर्न असफल हुँदा पहिलो हाफ इजिप्ट १-० को अग्रतासहित सकियो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा मोस्ताफा जिकोले इजिप्टका लागि दोस्रो गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले त्यसअघि फाउल भएको देखाएपछि गोलले मान्यता पाएन। तर जिकोले ६६ औँ मिनेटमा फेरि गोल गर्दै इजिप्टलाई २-० को बलियो अग्रता दिलाए ।

खेलको ७७ औँ मिनेटसम्म दुई गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि अविश्वसनीय पुनरागमन गर्‍यो । ७८ औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए ।
त्यसपछि ८३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। इन्जुरी समयको दोस्रो मिनेट (९२ औँ मिनेट) मा इन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३-२ को रोमाञ्चक जित हात पार्यो ।

दुई गोलले पछि परेको अवस्थाबाट निकालेको यो जित अर्जेन्टिनाका लागि जारी विश्वकपकै सबैभन्दा स्मरणीय पुनरागमनमध्ये एक बनेको छ ।

अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : ५८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित