२६ असार २०८३, शुक्रबार | July 10, 2026

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शुक्रबार बिहान ११ बजेर २० मिनेटमा वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन ।

ले नेपालीको उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको विशेष टोली खटिएको भए पनि उनलाई बचाउन नसकिएको जानकारी दिए ।

नेपालीलाई वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय टोलीले उपचार गरिरहेको थियो ।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएको विषयलाई लिएर उनले आफ्नै शरीरमा आगो लगाएका थिए । गम्भीर जलन भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।

मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भएका गणेश पछिल्लो दुई वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए । स्थानीय जनप्रतिनिधिका अनुसार उनी केही महिनायता रोजगारीको सिलसिलामा काठमाडौंमा थिए । आर्थिक अवस्था कमजोर रहेको उनको परिवार जीविकोपार्जनका लागि संघर्षरत रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १२ : २४ बजे

गणेश नेपालीको मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५

गणेश नेपालीको मृत्युपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं । त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को