८ कार्तिक २०८३, आइतबार | October 25, 2026

चीनमा पहिलो पटक ‘रकेट बुस्टर’ सुरक्षित समुद्र अवतरण



बेइजिङ । चीनले अन्तरिक्ष प्रविधिमा ठूलो सफलता हासिल गरेको छ । उसले पहिलो पटक समुद्रमा रकेट बुस्टरको सुरक्षित अवतरणको सफल परीक्षण गरेको छ।

चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट ‘लङ मार्च १०बी’ रकेट प्रक्षेपण गर्‍यो। उडान भरेको करिब ६ मिनेट पछि बुस्टर मुख्य रकेटबाट अलग भयो र समुद्रमा रहेको एउटा प्लेटफर्ममा नियन्त्रित रूपमा अवतरण गर्‍यो, जहाँ एउटा विशेष जालीले त्यसलाई सुरक्षित रूपमा समात्यो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यसरी नियन्त्रित तरिकाले रकेट बुस्टरलाई फिर्ता ल्याइएको यो देशको पहिलो सफल परीक्षण हो। विज्ञहरूका अनुसार यदि प्रत्येक प्रक्षेपण पछि रकेट बुस्टरहरूलाई पुनः प्रयोग गर्न सकियो भने अन्तरिक्ष अभियानको लागत उल्लेख्य रूपमा घट्नेछ र प्रक्षेपणको आवृत्ति बढ्ने उनीहरूको दाबी छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १ : २० बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको