३२ असार २०८३, बिहिबार | July 17, 2026

इरान युद्धको प्रभावबीच चिनिया अर्थतन्त्र अपेक्षाभन्दा तीव्र गतिमा वृद्धि



अमेरिका-इजरायल र इरानबीचको युद्धको प्रभाव विश्वभर देखिइरहेका बेला पनि चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा तीव्र गतिमा बढेको छ।

आधिकारिक तथ्यांक अनुसार, कुल गार्हस्थ उत्पादन (GDP) गत वर्षको सोही अवधिको तुलनामा ५५ ले वृद्धि भएको छ। अर्थशास्त्रीहरूले भने यो वृद्धि करिब ४.८ प्रतिशत रहने अनुमान गरेका थिए।

फेब्रुअरी २८ देखि सुरु भएको पश्चिम एशिया (मध्यपूर्व)को द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो अवरोध ल्याएको छ, जसको असर विशेषगरी एसियाली देशहरूमा परेको छ।

गत महिना बेइजिङले वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य ४.५ देखि ५ प्रतिशतको दायरामा झारेपछि सार्वजनिक गरिएको यो पहिलो आधिकारिक GDP तथ्यांक हो। यो १९९१ पछिको सबैभन्दा कम लक्ष्य हो।

अघिल्लो त्रैमासिकमा ४.५प्रतिशतको कमजोर वृद्धिपछि आएको यो सुधार मुख्यतः उत्पादन (manufacturing) क्षेत्रको योगदानले सम्भव भएको हो। तर, घट्दो रियल इस्टेट लगानीले अझै पनि अर्थतन्त्रलाई दबाबमा राखेको छ।

ब्रुकिङ्स इन्स्टिच्युटका विश्लेषक काइल च्यानका अनुसार, कार र अन्य निर्यात क्षेत्र यस पटकको तथ्यांकमा “मुख्य उज्यालो पक्ष” बनेका छन्।

च्यानका अनुसार इरान युद्धको पूर्ण प्रभाव अझै देखिन बाँकी छ र व्यापार अवरोधका कारण आगामी त्रैमासिकमा न्म्ए कमजोर हुनसक्ने सम्भावना छ।

चीनले आफ्नो पछिल्लो पाँच वर्षे योजनाअन्तर्गत आर्थिक लक्ष्यहरू मार्चमा सार्वजनिक गरेको थियो। यसमा नवप्रवर्तन, उच्च प्रविधि उद्योग र घरेलु उपभोग बढाउने क्षेत्रमा ठूलो लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सत्तारूढ कम्युनिष्ट पार्टीले कमजोर उपभोग, घट्दो जनसंख्या र लामो समयदेखि जारी सम्पत्ति संकटजस्ता समस्याहरूको सामना गरिरहेको अर्थतन्त्रलाई पुनर्संरचना गर्ने प्रयास गरिरहेको छ।

अन्तर्राष्ट्रिय रूपमा, इरान युद्धका कारण ऊर्जा संकट र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिसहितका व्यापार तनावले पनि चीनलाई चुनौती दिइरहेका छन्।

हाल चीनका अधिकांश वस्तुहरूमा १० प्रतिशत अमेरिकी भन्सार शुल्क लागिरहेको छ। तर अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले जुलाईसम्म पुरानो उच्च दरमा कर पुनः लागू हुनसक्ने संकेत दिएका छन्।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच मे महिनामा चीनमै भेट हुने अपेक्षा गरिएको छ।

मंगलबार चीनले मार्च महिनाको निर्यात तथ्यांक सार्वजनिक गर्दै वृद्धि दरमा तीव्र गिरावट आएको जनाएको छ। युद्धका कारण महँगी बढ्दा उपभोक्ता खर्च घटेको देखिएको छ।

मार्चमा निर्यात वृद्धि दर २.५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही समयको तुलनामा हो। यो पछिल्लो ६ महिनाकै न्यून स्तर हो। यसअघि जनवरी–फेब्रुअरीमा निर्यात २० प्रतिशत भन्दा बढीले बढेको थियो।

यो वृद्धि मुख्यतः इलेक्ट्रोनिक्स र उत्पादन वस्तुको उच्च मागका कारण भएको थियो।

चीनले प्रत्येक वर्षको पहिलो दुई महिनाको व्यापार तथ्यांकलाई एकैसाथ प्रस्तुत गर्छ, किनभने चन्द्र नववर्ष (लुनार न्यू इयर)को मिति फरक हुने हुँदा उतारचढावलाई सन्तुलन गर्न यस्तो गरिन्छ।

मार्चमा चीनको आयात भने झण्डै २८ प्रतिशतले बढेको छ। यसले मासिक व्यापार अधिशेष (निर्यात–आयात अन्तर) घटेर करिब ५० अर्ब डलरमा पुगेको छ, जुन एक वर्षभन्दा बढी समययताकै न्यून हो।

अष्ट्रेलियन नेशनल युनिभर्सिटीकी अर्थशास्त्र प्राध्यापक यिक्सियाओ झाउका अनुसार आयात मूल्यमा आएको वृद्धि इरान युद्धका कारण विश्वव्यापी लागत बढ्नुको परिणाम हो।

इरानले स्ट्रेट अफ होर्मुजमार्फत जहाज आवागमनमा धम्की दिएपछि कच्चा तेल र त्यसबाट बन्ने प्लास्टिकजस्ता वस्तुको मूल्य बढेको छ।

चीन खाडी क्षेत्रको तेलमा जापान र दक्षिण कोरियाजस्ता देशभन्दा कम निर्भर भए पनि, देशभित्र पेट्रोल महँगो हुँदै गएको छ। साथै, जेट इन्धनको मूल्य बढेपछि केही चिनियाँ एयरलाइन्सले उडान घटाएका छन्।

झाउका अनुसार, यदि युद्धका कारण विश्वभर उपभोक्ता खर्च घट्यो भने चीनको निर्यातमा थप असर पर्न सक्छ।

उनले भनिन्, “निर्यातको वृद्धि अन्ततः तपाईंका व्यापार साझेदार देशहरूको अर्थतन्त्रमा निर्भर हुन्छ। अत्यन्त उच्च दरमा निरन्तर वृद्धि कायम राख्न गाह्रो हुन्छ।” -bbc

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ९ : ४९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना