१० भदौ २०८३, बुधबार | August 26, 2026

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे



गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन् ।

गोरखाको शहीद लखन गाउँपालिका-१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज यहाँ उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए ।

गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार(भट्ट फाँट(मनकामना सडकखण्डमा नवनिर्मित मोटरेवल पुल निर्माण सुरु भएको आठ महिनाभित्रै काम सक्नुले पनि सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । “विकास निर्माणका आयोजनाहरू वर्षौं अलपत्र पर्ने परिपाटीका बीच निर्धारित समय अघि काम सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सबै पक्षको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहारण हो”, उनले भने, “वर्तमान प्रदेश सरकारको सुशासन र विकासप्रतिको प्रतिबद्धता पनि यहीँ हो ।”

पूर्वाधार विकास कार्यालय गोरखासँग विसं २०८२ असारमा पुल निर्माणको ठेक्का सम्झौता भएर असोजदेखि काम सुरु भएको थियो । कार्यालयले पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्स प्रालिसँग रु सात करोड ५१ लाख ३० हजार ८५९ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

नवनिर्मित पुल कुल ६० मिटर लम्बाइको छ । ठेकेदार कम्पनीले निर्माण अवधि सकिनुभन्दा १२ महिना अघि सम्पन गरेको हो । पुल निर्माण सम्पन्न भएसँगै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । पुल नहुँदामा हिउँदमा मात्र जसोतसो गाडी चल्ने उक्त सडकखण्डमा अब बाह्रै महिना निर्वाधरुपमा सवारी साधन सञ्चालन हुने अवस्था बनेको स्थानीयबासीको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ४ : ३६ बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी