२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा



काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोमाञ्चक क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डलाई जित दिलाउन बेलिंघमले दुवै गोल गरे । खेलको ३६ औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि बेलिंघमले गोल फर्काउँदै इंग्ल्यान्डलाई १-१ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको ५४ औँ मिनेटमा टोबजन हेगमले गोल गरे पनि भीएआर परीक्षणपछि उक्त गोलले मान्यता पाएन । गोल हुनुअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका एक डिफेन्डरमाथि फाउल गरेको निष्कर्ष निकाल्दै रेफ्रीले गोल रद्द गरेका थिए ।

निर्धारित ९० मिनेट र इन्जुरी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई अन्तिम चारमा पुर्‍याए ।

जितसँगै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अब इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको क्वार्टरफाइनल खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : ५० बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु