२९ असार २०८३, सोमबार | July 13, 2026

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल



अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको छत्रमहाराज कोट दरबार मन्दिरको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले ‘जय छत्रमहाराज’ नामक विशाल होर्डिङ बोर्ड निर्माण गरेको छ ।

पर्यटन विकास परिषद्को सहयोगमा निर्माण गरिएको १२×४८ फिट आकारको फलामे होर्डिङ बोर्डको निर्माण कार्य लगभग सम्पन्न भएको समाजले जनाएको छ । समाजका अनुसार यो अभियान छत्रदेव गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने दीर्घकालीन योजनाअन्तर्गतको महत्वपूर्ण पहल हो ।

समाजले उक्त अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय तथा प्रेरणा प्रदान गर्ने व्यक्ति, संस्था र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा पनि यस्ता सामाजिक तथा पर्यटन प्रवर्द्धनका अभियानमा निरन्तर सहयोग प्राप्त हुने विश्वास समाजले व्यक्त गरेको छ ।

समाजका अनुसार होर्डिङ बोर्डको मुख्य उद्देश्य छत्रमहाराज कोट दरबार मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यापक रूपमा प्रचार गर्दै क्षेत्रीय पर्यटन विकासमा योगदान पुर्‍याउनु हो । भौगोलिक अवस्थिति र स्थानगत सीमितताका कारण बोर्ड सबै स्थानबाट स्पष्ट नदेखिन सक्ने भए पनि यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजले भविष्यमा पनि छत्रदेव गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाको संरक्षण, प्रवर्द्धन तथा पहिचान अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ । साथै छत्रदेवालयको उत्तर क्षेत्रमा समेत यस्ता होर्डिङ बोर्ड तथा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्य संरचना निर्माणका लागि स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।

समाजका अध्यक्ष सिद्धार्थ पन्थीले स्थानीय सम्पदाको संरक्षण, प्रचारप्रसार र पर्यटन विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले यस्ता अभियानले छत्रदेव क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : १३ बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा