२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

सस्तिए सुनचाँदी



काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। लगातार दोस्रो दिन मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। सोमबार प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम रहेको सुनको मूल्य मंगलबार घटेर २ लाख ८४ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिँदै ४ हजार ३६० रुपैयाँमा कारोबार हुने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र अमेरिकी डलरको विनिमयदरको प्रभावका कारण स्वदेशी बजारमा पनि दैनिक रूपमा मूल्य समायोजन हुने गरेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा सुनको मूल्य घटेपछि खरिद गर्न चाहने उपभोक्तामा केही उत्साह देखिए पनि बजारमा कारोबार भने अपेक्षाकृत सामान्य रहेको जनाइएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : १३ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच