२७ भदौ २०८३, शनिबार | September 12, 2026

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८ को सरकार’ को संज्ञा दिएका छन् ।मुलुकमा राज्य आतंक बढेको तर त्यसको जवाफ नदिएको भन्दै उनले जारी प्रतिनिधिसभा बैठकमा उनले बिरोध पनि जनाएका छन्।

‘सुरक्षा घेरा भित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढ्दै गएको छ, सरकार निरंकुश बन्दै गएको छ, सायद सत्ता उन्मादले हुनुपर्छ,’ उनले भने, ‘जवाफ दिनु भन्दा पनि सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ।’

मुगुका गणेश नेपालीले रोजेको बाटोबारे चौतर्फी प्रश्न उठेपछि सरकारमाथि प्रश्न गर्दा ‘प्रश्न सोध्ने तँ को होस् ?’ भन्ने शैलीमा राज्य आतंक सिर्जना गर्ने काम भएको उनको आरोप छ ।

उनले सुरक्षाघेरा भित्रका एक गैरकानुनी व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसेका नागरिकलाई थर्काउने काम गरिरहेको जनाउँदै होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणबारे सरकार र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने उनको माग रहेको छ ।

हिरण्यकशपले पनि कुनै बेला राज्य मै हुँ भन्ने शैलीमा प्रधानमन्त्रीले ‘श्री ८ को सरकार’ शैलीमा काम गरेको उनले जिकिर गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : ११ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी