२४ भदौ २०८३, बुधबार | September 9, 2026

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग



काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरुलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिए । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राखे ।

बैठकमा सांसदहरु वर्षमान पुन, क्रान्तिशिखा धिताल, महेन्द्रबहादुर शाही, खुस्बु ओलीलगायतले राहदानी छपाइका विषयमा विचार राखेका थिए ।

राहदानी छपाइका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परी यो विषयमा समस्या छ भन्ने निष्कर्ष निकालेको, राहदानी छपाइका विषयमा अनियमितता छ भन्ने भएको तर कति छ भन्ने मात्र प्रतीक्षाको विषय बनेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका थिए ।

समितिका सभापति भरतबहादुर खड्काले आजको बैठकमा सांसदको सल्लाह सुझाव आएकाले राहदानी छपाइका विषयमा अदालतको फैसला आएपछि समितिले के गर्ने भनी निर्णय गर्ने बताए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : २९ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको