३० असार २०८३, मंगलबार | July 14, 2026

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक



काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत निरन्तर ज्यान मार्ने तथा गोली हान्ने धम्की आइरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले संसदमा सरकारको आलोचना गरेको विषयलाई लिएर केही व्यक्तिले आफूलाई फेसबुक र फोनमार्फत धम्की दिइरहेको जानकारी गराएका हुन्।

‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौं, जनताका कुरा बोल्न। हामी निरपेक्ष रूपमा सरकारको विरोध गर्दैनौं। गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं,’ उनले भने, ‘तर विडम्बना, सदनमा बोल्दा सरकारको विरोध गरेको ठानेर केही मानिसले मलाई निरन्तर धम्की दिइरहेका छन्। फेसबुक र फोनबाट ‘गोली हानिदिन्छु, मारिदिन्छु’, भन्ने धम्की आएको छ।’

महरका अनुसार मंगलबार मात्रै फेसबुकमा आफूले राखेको एक स्टाटसको टिप्पणीमा दुई जनाले खुलेआम गोली हानेर मार्ने धम्की दिएका छन्। तीमध्ये एक जनाले आफ्नो नाम, फोन नम्बर र ठेगाना समेत उल्लेख गरेको उनले संसदलाई जानकारी गराए।

‘भर्खरै मात्रै एक जनाले ‘ऐन महर, आमा कसम, तलाई म गोली हानेर मार्छु’ भनेर कमेन्ट गरेका छन्। आफ्नो नाम, फोन नम्बर र ठेगाना पनि राखेका छन्,’ उनले भने।

महरले तीमध्ये एक व्यक्तिले आफूलाई पराजुली राम नामबाट चिनाउँदै काठमाडौंको बौद्ध–महांकाल चोक, संगम टोलमा बस्ने उल्लेख गरेको जानकारी दिए। उनले अर्का व्यक्ति पूर्णविक्रम क्षेत्री नामको फेसबुक आइडीबाट पनि आफूलाई गोली हान्ने धम्की आएको बताए।

प्रमुख सचेतक महरले संसदमार्फत घटनाबारे जानकारी गराउँदै यस्ता धम्कीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले जनप्रतिनिधिलाई आफ्नो संवैधानिक दायित्वअनुसार संसदमा धारणा राखेकै कारण ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ३ : २७ बजे

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु