३१ असार २०८३, बुधबार | July 15, 2026

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण



मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो ।

चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको पुल आगामी साउन २० गतेसम्म निर्माणसम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयअघि नै काम सकेको हो ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको सक्रियताका कारण घरपझोङ गाउँपालिकाका पाँचै वडा जोड्ने चक्रपथअन्तर्गतको पुल समयअघि नै सम्पन्न भएको हो । यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडक पनि चालु आर्थिक वर्षमै सम्पन्न भएको उनले बताए ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र जोमसोम जोड्ने चक्रपथ निर्माण सम्पन्न भइसकेको छ । अब ठिनी खोलामा पुल बनेपछि घरपझोङ गाउँपालिकाका पाँचै वडाबीच आवतजावत थप सहज भएको छ ।

रु चार करोड ४६ लाख लागतमा निर्माण भएको ३५ मिटर लामो एक स्पानको मोटरेबल पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले लिएको थियो । पुलको चौडाइ फुटपाथसहित आठ दशमलव चार मिटर छ ।

निर्माणसम्पन्न भएपछि एक वर्षको परीक्षण अवधिसहित पुल कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईका अनुसार घरपझोङको १० दशमलव पाँच किलोमिटर चक्रपथ सडकअन्तर्गत ठिनी खोलाको पुल सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकलाई ढुम्बा ताल अवलोकन गर्न सहज भएको छ । साथै ढुम्बा, स्याङ, सम्लेलगायत गाउँका किसानलाई कृषि उपज बजारसम्म पु¥याउन पनि सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासी र पर्यटकलाई आवतजावत गर्न निकै कठिन हुने गरेको थियो । पुल सञ्चालनमा आएपछि वर्षभरि नै सवारीसाधन सञ्चालन गर्न सहज भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ८ : ०८ बजे

रास्वपा नेता मनिष झाको सरकारलाई तीखो प्रश्न – बचपना देखाएर राजकाज चल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

नवलपरासी । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष