१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा



काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानएको छ । विभागका अनुसार मेलम्ची वर्षामापन केन्द्रमा १०५ दशमलव चार मिलिमिटरसम्म वर्षा मापन गरिएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी दुई दिन देशभर मनसुनी गतिविधि थप सक्रिय हुने विभागले जनाएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताए ।

उनका अनुसार देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्नेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी–खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता पोखरेलले हवाई, पर्यटन, कृषि तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर सावधानी अपनाउन अनुरोध गरे ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : २० बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै