५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन



हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई पदबाट राजीनामा दिन एमाले बागमती प्रदेश संसदीय दलले निर्देशन दिएको छ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता साझेदारी अन्त्य भएसँगै प्रदेशमा पनि नयाँ सत्ता समीकरणको तयारीस्वरूप एमाले सरकारबाट बाहिरिन लागेको हो।

हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारमा रहेका सबै मन्त्रीलाई तत्काल राजीनामा बुझाउन निर्देशन दिएको पुष्टि गरेका छन्। उनले केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर रहनुको औचित्य नरहेको बताए।

केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सरकारको सम्भावित नयाँ सत्ता समीकरणलाई मध्यनजर गर्दै मन्त्रीहरूलाई पदत्याग गर्न भनिएको हो।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने विषय आगामी राजनीतिक छलफल र दलहरूको निर्णयले टुंगो लगाउनेछ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : ५४ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे