६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन



खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको बाँकेको खजुरामा प्रहरीले “लागू औषध मुक्त खजुरा अभियान” संचालन गरेको छ । खजुरा गाउँपालिका भित्र लागुऔषध सेवन र विक्री वितरणलाई न्युनिकरण गर्ने उदेश्यले इलाका प्रहरी कार्यालय धनौली खजुराको सक्रियतामा “लागू औषध मुक्त खजुरा अभियान” संचालन गरिएको हो ।

एक महिनासम्म चल्ने य अभियान अन्तर्गत आइतबार खजुरा गाउँपालिका वडा नं ७ को कलहन्सन गाउँ टोलमा बसोबास गर्ने लागुऔषध सेवन र विक्री वितरण कर्ताहरूको पहिचान सचेतना अभियान थालिएको छ । स्थानीय जनप्रतिनिधी, वुद्धिजिवी तथा भद्रभलादमीहरू सहितको संयुक्त टोलिले लागू औषध सेवन र विक्री गर्ने ब्यक्तीहरुका अभिभावकहरूलाई लागू औषध सेवनका असर प्रभाव सम्बन्धी सचेत गराईएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक नविन चापागाईंले बताए ।

पछिल्लो समय प्रहरीले खजुरा गाउँपालिका भित्र लागू औषध प्रयोगकर्ता र विक्रिकर्तालाई धमाधम प्रकाउ समेत गरेको छ । २०८२/०८३ मा मात्र खजुरा गाउँपालिकाबाट करिव ३२५ ग्राम लागू औषध ब्राउनसुगर सहित सेवनकर्ता र विक्रिकर्ता ३२ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको प्रहरी निरीक्षक चापागाईंले बताए । उनका अनुसार सवैभन्दा वढी खजुरा गाउँपालिका वडा नं २ र ७ वाट ६-६ जना पक्राउ परेका छन । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त प्रयासमा ठुलो परिमाणमा लागुऔषध सहित सेवनकर्ता र विक्रिकर्ता पक्राउ गरिएको हो ।

खजुरा गाउँपालिकामा अव ठुलो परिमाणका लागुऔषध विक्रिकर्ता नरहेपनि छिटपुट लागुऔषध सेवनकर्ता रहेकोमा लागुऔषध प्रयोगकर्तालाई शुन्यमा झार्न “लागुऔषध मुक्त खजुरा अभियान” सुभारम्भ गरिएको उनले बताए ।

एक महिनासम्म चल्ने यस अभियानले पालिकाको ८ वटै वडाका लागू औषध सेवनकर्ता र विक्रिकर्ताको घर टोलमा स्थानीय जनप्रतिनिधी, वुद्धिजिवी तथा भद्रभलादमीहरू संगै पुगि जनचेतना जगाउने, लागू औषध प्रयोग नगर्न चेतावनी दिने र निजहरुको अभिलेख राख्ने र आवश्यक्ता अनुसार पुनस्थापना केन्द्र राख्न सहजिकरण गरिदिने प्रहरी निरीक्षक चापागाईंले बताए।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ११ : २७ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा