५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने



सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ।

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले यसअघि नेपाली कांग्रेससँग मिलेर दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

नेकपाले कांग्रेससँगको पूर्ववत् सहमतिअनुसार नै मुख्यमन्त्री कँडेलविरुद्धको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको हो। नेकपा कर्णाली संसदीय दलले भने केन्द्रमा भइरहेका छलफलले प्रदेशको निर्णयलाई तत्काल प्रभावित नगर्ने स्पष्ट पारेको छ।

गत ३१ असारमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट ३२ असारमा नेपाली कांग्रेस र नेकपाका सांसदहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। उक्त प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ सांसदको हस्ताक्षर रहेको छ।

यसअघि बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले प्रदेशमा एमालेसँग सहकार्य नगर्ने अडान लिएपछि कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

कांग्रेस-नेकपा गठबन्धनले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपाका १४, एमालेका १०, राप्रपाका एक र एक स्वतन्त्र सांसद रहेका छन्। यस्तो अवस्थामा प्रमुख तीन दलमध्ये जुनसुकै दुई दलबीच सहकार्य भए पनि सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अवस्था छ।

 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ११ : ५६ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय