२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने



सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ।

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले यसअघि नेपाली कांग्रेससँग मिलेर दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

नेकपाले कांग्रेससँगको पूर्ववत् सहमतिअनुसार नै मुख्यमन्त्री कँडेलविरुद्धको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको हो। नेकपा कर्णाली संसदीय दलले भने केन्द्रमा भइरहेका छलफलले प्रदेशको निर्णयलाई तत्काल प्रभावित नगर्ने स्पष्ट पारेको छ।

गत ३१ असारमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट ३२ असारमा नेपाली कांग्रेस र नेकपाका सांसदहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। उक्त प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ सांसदको हस्ताक्षर रहेको छ।

यसअघि बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले प्रदेशमा एमालेसँग सहकार्य नगर्ने अडान लिएपछि कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

कांग्रेस-नेकपा गठबन्धनले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपाका १४, एमालेका १०, राप्रपाका एक र एक स्वतन्त्र सांसद रहेका छन्। यस्तो अवस्थामा प्रमुख तीन दलमध्ये जुनसुकै दुई दलबीच सहकार्य भए पनि सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अवस्था छ।

 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ११ : ५६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका