५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार दायर गरेको मुद्दामा तत्कालीन अर्थमन्त्री साह, मधेश प्रदेश सरकारका तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाएको छ।

अख्तियारका अनुसार बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणका क्रममा सार्वजनिक स्रोतको दुरुपयोग गर्दै व्यापक आर्थिक अनियमितता गरिएको निष्कर्षपछि मुद्दा दायर गरिएको हो।

आयोगले यस प्रकरणमा करिब ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ। यद्यपि, प्रतिवादीहरूको भूमिका र जिम्मेवारीका आधारमा फरक–फरक बिगो तथा जरिवानाको मागदाबी गरिएको छ। तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुरसँग ३५ करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ।

अख्तियारले सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिहरूले कानुनविपरीत निर्णय र कार्यसम्पादनमार्फत राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोप लगाउँदै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ।

अब उक्त मुद्दामाथि विशेष अदालतमा सुनुवाइ हुने छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ५ : ४१ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११