२५ भदौ २०८३, बिहिबार | September 11, 2026

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित



काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका नगरपालिका-९ का १३ परिवार विस्थापित भएका छन् । lबिहीबार राति सेलागाड खोला र बाउली खोलाको दोभान नजिकबाट बाढी बस्तीमा पसेपछि स्थानीयवासी जोखिममा परेका हुन् ।

बाढीले बस्ती नै जोखिममा पारेपछि नेपाल प्रहरीसहितको उद्धार टोलीले प्रभावित परिवारलाई रातारात सुरक्षित स्थानमा सारेको जनाएको छ । प्रहरीका अनुसार विस्थापित परिवारलाई तत्कालका लागि नजिकैका स्थानीयवासीका सुरक्षित घरमा आश्रय दिइएको छ । स्थानान्तरण गरिएका १३ घरमध्ये तीन वटा घर उच्च जोखिममा रहेको जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८३’ अनुसार बाजुराका एक सयभन्दा बढी बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् ।

यता, निरन्तर वर्षासँगै गएको पहिरोका कारण बडिमालिका नगरपालिका-६ र जिल्ला कारागार पछाडिको क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सम्बन्धित निकायले सडक खुलाउने प्रयास गरिरहेको छ भने वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १० : १२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ