२५ भदौ २०८३, बिहिबार | September 10, 2026

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी



तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ ।

रुस–युक्रेन युद्धको अन्तरराष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताएका थिए।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार इरानी विदेश मन्त्रालयले शनिबार बिहान भएको आक्रमणमा जहाजमा विस्फोट हुँदा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ ।

इरानले रुस–युक्रेन युद्धमा आफूले कहिल्यै हस्तक्षेप नगरेको दाबी गर्दै आफ्नो व्यापारिक जहाजमाथिको आक्रमणको विरोध गरेको छ ।

यता, राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत युक्रेनी सशस्त्र बलले क्यास्पियन सागरमा लामो दूरीको प्रहारमार्फत अत्यन्त सशक्त नतिजा हासिल गरेको बताएका थिए। उनका अनुसार आक्रमणमा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजका साथै एउटा युद्धपोतलाई लक्षित गरिएको थियो ।

युक्रेनको गुप्तचर निकाय (एसबीयू)ले टेलिग्राममार्फत इरान र रुसबीच सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका तथा अन्तरराष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको जनाएको छ ।

इरानी सरकारी टेलिभिजनका अनुसार विदेश मन्त्रालयले उक्त घटनालाई ‘शत्रुतापूर्ण र आपराधिककार्य’ भन्दै विरोध जनाउन शनिबार तेहरानस्थित युक्रेनी कार्यवाहक राजदूतलाई बोलाएको थियो ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली सङ्घ (इयू)की विदेश नीति प्रमुख काजा कालाससँगको कुराकानीमा आक्रमणको विरोधमा इयू र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट कडा प्रतिक्रियाको माग गरेको इरनाले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : १८ बजे

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत्