१० श्रावण २०८३, आइतबार | July 26, 2026

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा



नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सम्पूर्ण डायग्नोसिस सेवा एउटै भवनबाट संचालनमा ल्याएको छ । उपचारका लागि अस्पताल आएका बिरामीहरुलाई फरक फरक स्थानमा बिभिन्न परिक्षण गर्न असहज भएको गुनासो आएपछि रोगको पहिचानका लागि गरिने सम्पूर्ण परिक्षणहरु एउटै भवनबाट संचालनमा ल्याएको खजुरा क्यान्सर अस्पतालले जनाएको छ ।

डायग्नोसिस ल्याव, रेडियोलोजी तथा थेरापी सम्बन्धी सम्पूर्ण सेवा एउटै भवनबाट संचालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए । रगत परिक्षण, सिटी स्क्यान, भिडियो एक्सरे, मेमो ग्राफी, थेरापी लगायतको सेवा लिन फरक फरक स्थानमा जानुपर्दा बिरामीहरुलाई असहज भएको देखिएपछि एउटै भवनबाट सेवा संचालन गरिएको उनले बताए ।

दुरदराजबाट आएका बिरामीहरुलाई परिक्षण गर्ने भवनहरु पत्ता लगाउनै गाह्रो परिरहेको अवस्थामा एउटै छानामुनी सबै सेवा प्राप्त भएपछि बिरामीहरुले राहत पाउने डा. भट्टराईले अपेक्षा गरे । बिरामीलाई परिक्षण गर्ने स्थान पत्ता लगाउन सजिलो बनाउन डायग्नोसिस भवनलाई निलो रङ्ग दिइएको छ । बिरामीहरुको सहजताका लागि एम्बुलेन्स र सुरक्षाका लागि रातो घर, बहिरङ्गसहित केमो, फर्मेसीका लागि पहेंलो भवन निर्धारण गरिएको उनले बताए ।

कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका दुर्गम क्षेत्रबाट क्यान्सरको उपचारका लागि अस्पताल आएका बिरामीलाई फरक फरक ब्लक पत्ता लगाउन असहज बन्ने गरेको थियो । अस्पतालले गत आवमा मात्र ३ प्रदेशका ४० हजार बढी क्यान्सरका बिरामीहरुलाई सेवा दिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : २७ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन