१३ श्रावण २०८३, बुधबार | July 29, 2026

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा



नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा उपकरणहरु मरमतपछि संचालनमा आएका छन् । राष्ट्रिय आविस्कार केन्द्रका प्राबिधिकहरुले ती उपकरणहरु मरमत गरि संचालनमा ल्याएका हुन् ।

बिग्रिएर थन्क्याइएका उपकरणहरु मरमतपछि संचालनमा आएको आविस्कार केन्द्रका संस्थापक एवम विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले जानकारी दिएका छन् उनले सामाजिक सञ्जाल मार्फत क्यान्सर अस्पतालको बिग्रेर काम नगरेको ६० वटा मेडिकल उपकरणहरु मध्य ४४ वटा उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रको टीमले मर्मत गरेर काम गर्ने बनाएको उल्लेख गरेका छन् । उनले अस्पताल प्रमुख डा. निरज भट्टराईले अनुरोध गरे पछि मर्मतको काम गरिएको पनि जनाएका छन् । मन्त्री पुनले कोरोना माहामारीदेखि नै आविस्कार केन्द्रले मेडिकल उपकरण मरमतको काम गर्दै आएको पनि उल्लेख गरेका छन् ।

अस्पतालमा अत्यावश्यक उपकरणहरु बिग्रेर सेवामा समेत असर परेको पाइएपछि दोस्रो पटक अस्पतालको कार्यकारी निर्देशक बनेर फर्के लगत्तै डा. भट्टराईले मरमतका लागि आविस्कार केन्द्रलाई आग्रह गरेको जनाएका थिए । उनले आफ्नो दोस्रो कार्यकालको पहिलो १० दिनमा नै आविस्कार केन्द्रसँग उपकरण मरमतका लागि सम्झौता गरेका थिए ।

केन्द्रले मरमत गरेको उपकरणहरुमा Syringe Pump 8, Patient Monitor 1, Compound Microscope 3, ECG Machine 4, Patient Bed 4, Infusion Pump 4, Ventilator 3, Nebulizer 3, Centrifuge 1, Biosafety Cabinet 1, BiPAP Machine 1, X-Ray Machine 2, Dry Bath Incubator 1 रहेका छन् ।

त्यसैगरी आविस्कार केन्द्रका प्रबिधिकरुले अस्पतालको Endoscopy Tower 1, Microtome 1, Patient Monitor (Standard) 1, Portable USG Machine 1, Surgical Microscope 1, Ultrasound Machine 1, X-Ray View Box 1 पनि मर्मत गरेर संचालनमा ल्याएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ५३ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन