४ आश्विन २०८३, आइतबार | September 21, 2026

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ



सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई शपथ गराएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा भएको सत्ता साझेदारी सहमतिअनुसार नेकपा र नेकपा (एमाले) संसदीय दलका नेताको सिफारिसमा प्रदेश प्रमुख जोशीले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। हाल शाहीलाई नेकपाका १४ र एमालेका सभामुखबाहेक ९ सांसदसहित कुल २३ सांसदको समर्थन रहेको छ, जसका आधारमा उनले सरकारको नेतृत्व सम्हालेका हुन्।

कर्णालीमा सत्ता परिवर्तन केन्द्रमा नेकपा र एमालेबीच भएको तीनबुँदे राजनीतिक सहमतिअनुसार भएको हो। सोही सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व गर्ने जिम्मेवारी यसपटक नेकपाले पाएको हो।

यसअघि एमालेका यामलाल कँडेल मुख्यमन्त्री रहेका थिए। केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै उनले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो।

नवनियुक्त मुख्यमन्त्री शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन