२० श्रावण २०८३, बुधबार | August 5, 2026

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त



काठमाडौँ, ५ असारः सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । साथै, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।

सहकारी क्षेत्रको सुधार र प्रभावकारी नियमनका लागि मन्त्रिपरिषद्ले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न छुट्टै विधेयक तर्जुमाका लागि समेत स्वीकृति दिइएको छ ।

बैठकले सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेका प्रतिस्थापन विधेयकहरू सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ८ : १८ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन