१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्



काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे सरकारको जवाफ माग्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति प्रतिनिधिसभामा कडा असन्तुष्टि जनाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले मुलुकमा संवेदनशील अवस्था उत्पन्न हुँदा पनि प्रधानमन्त्री र गृहमन्त्री संसद्मा अनुपस्थित रहेको भन्दै सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए।

उनले भने, “न प्रधानमन्त्री हुनुहुन्छ, न गृहमन्त्री हुनुहुन्छ। यस्तो बेला सरकारले पहल गर्नुपर्ने हो। तर सरकार आफैँ कालो कोठाभित्र लुकेर चियाएर हेरेजस्तो महसुस भइरहेको छ।”

सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै उनले देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने उल्लेख गरे।

“यदि प्रधानमन्त्री अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ। त्यो गर्न सकिन्छ। यहाँ रास्वपाका १ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देशको नेतृत्व गरिहाल्छ,” उनले भने।

राईले बल प्रयोगबाट कुनै पनि समस्याको समाधान ननिस्कने बताउँदै सरकारले संवाद, संयम र जिम्मेवार नेतृत्वमार्फत परिस्थिति नियन्त्रण गर्नुपर्ने धारणा राखे। साथै, प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग पनि उनले गरे।

सांसद राईले वर्तमान परिस्थितिप्रति प्रधानमन्त्री गम्भीर नदेखिएको आरोप लगाउँदै सरकार बेखबर भएर बस्ने नभई जनतामाझ पुगेर सूचना संकलन, संवाद र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए।

राईले वर्तमान संकट समाधानका लागि सरकार जिम्मेवार, उत्तरदायी र सक्रिय ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १२ : ०८ बजे

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट