१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यकामा आजको छलफलमा खाद्यन्न बालीसहित उखु, केरा र मकैखेती गर्ने किसानलाई समेत प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा नीतु पण्डितले देशभर वार्षिक करिब १४ लाख मेट्रिकटन रासायनिक मल आवश्यक रहेको बताइन् ।

उनले आवश्यकता अनुसारको मल आयात गर्न कठिन भइरहेको जानकारी दिइन् । छलफलमा उखु उत्पादक किसानले रासायनिक मल तथा कृषि औजारमा नीतिगत समस्या झेल्दै आएको गुनासो व्यक्त गरिन् । बर्दियास्थित राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले आगामी सिजनमा उखुखेती विस्तारका लागि रासायनिक मलको सुनिश्चितता गरिदिन प्रदेश सरकारसँग माग गरेको थियो ।

यहाँ करिब दुई हजार किसानले तीन हजार बिघा क्षेत्रफलमा उखुखेती गरेका छन् । आगामी सिजनमा पाँच हजार किसानलाई उखुखेतीमा आकर्षण गरिने योजना रहेको छ ।

छलफलमा नेकपा -एमाले) बर्दियाका अध्यक्ष सालिकराम अधिकारी, उखु उत्पादक किसान समितिका अध्यक्ष कृष्णकुमार रेग्मी, राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख इन्द्रप्रसाद ढकाल तथा किसान समिति सदस्य ओमप्रकाश यादवलगायतका व्यक्तिको सहभागिता थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ५ : ०० बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल