२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता



चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रुपमा रु २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए ।

अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे । अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यहरु गर्न उनले आग्रह गरे । उनले भने, “अनलाइनको माध्यमबाट ठगीएको महसुस भए नजिकको प्रहरीकोमा सम्पर्क गर्नुहुन अनुरोध छ ।”

यस्तै गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फछ्र्योट भएका छन् । पन्ध्र निवेदन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो आव २०८१/०८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फछ्र्योट गरिएको छ । यसमध्ये १३ बाँकी थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ४६ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने