२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार



काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ नलिने निर्णय गरेका छन्।

डा। कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै २० साउनमा पत्र पठाई आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको जानकारी दिएका हुन्।

पत्रमार्फत उनले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोमा सरकारप्रति आभार व्यक्त गर्दै वर्तमान आर्थिक र सामाजिक परिस्थितिमा उक्त रकम आफूले लिन उपयुक्त नठानेको उल्लेख गरेका छन्।

उनले विज्ञप्तिमार्फत देशका नागरिक अभाव, महँगी र आर्थिक कठिनाइसँग जुधिरहेका बेला सार्वजनिक स्रोतबाट आफ्नो नाममा विनियोजित रकम स्वीकार गर्नु नैतिक रूपमा उचित नहुने बताएका छन्।

“विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोक, मोरङस्थित कोइराला निवासको मर्मत तथा सम्हारका लागि विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु,” उनले पत्रमा उल्लेख गरेका छन्।

कोइराला निवासलाई नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मस्थल तथा नेपाली लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक धरोहरका रूपमा हेरिन्छ। विराटनगर महानगरपालिका–७ स्थित उक्त भवन कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेका थिए।

गत जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले कोइराला निवासमा आगजनी गरेपछि भवनमा क्षति पुगेको थियो। त्यसपछि सरकारले यसको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्षको बजेटमा दुई करोड रुपैयाँ विनियोजन गरेको थियो।

डा। कोइरालाको पछिल्लो निर्णयलाई सार्वजनिक स्रोतको प्रयोगप्रति नैतिक उत्तरदायित्वसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १२ : ११ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु