काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कांग्रेसको इतर समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए ।
गत फागुनमा स्वास्थ्योपचारका लागि सिंगापुर गएका देउवा हाल श्रीमती आरजु देउवा राणासहित हङकङमा छन् । कोइरालाले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको सशक्त विरोध गर्ने जनाए ।


















प्रतिक्रिया