६ आश्विन २०८३, मंगलबार | September 22, 2026

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स



काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्जालमार्फत हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई आगामी सिजनका लागि कप्तानको जिम्मेवारीसमेत दिएको छ । बायाँहाते स्पिन अलराउन्डर हरमितले एनपिएलका पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

हरमितलाई टोलीमा भित्र्याउन पाउँदा जनकपुर बोल्ट्स उत्साहित रहेको क्लबका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले बताएका छन् ।

एनपिएलको पहिलो सिजनमा आसिफ शेख मार्की खेलाडी रहे पनि अनिल साहको कप्तानीमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । दोस्रो सिजनमा अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि बोल्ट्सले अनिललाई हटाएर दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तान बनाएको थियो । पार्नेल घाइते भएपछि नामिबियाका जान निकोल लोफ्टी–इटनले टोलीको कप्तानी सम्हालेका थिए ।

दोस्रो सिजनमा जनकपुरले सातमध्ये एक खेलमा मात्र जित हात पार्दै प्रतियोगिता पुछारमा समाप्त गरेको थियो । यसबीच, आसिफ शेख लुम्बिनी लायन्समा आबद्ध भइसकेका छन् ।

जनकपुरले आसिफको स्थानमा ललित राजवंशीलाई मार्की खेलाडी बनाएको छ । पहिलो सिजन जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका बायाँहाते स्पिनर ललितले १० खेलमा १७ विकेट लिएका थिए ।

हरमितले एनपिएलको पहिलो सिजनमा आठ विकेट लिनुका साथै पाँच खेलमा २८ रन बनाएका थिए । दोस्रो सिजनमा उनले नौ खेलमा १६६ भन्दा बढीको स्ट्राइक रेटमा १३३ रन बनाउनुका साथै ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए ।

हरमितले अमेरिकाका लागि २९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३९ विकेट तथा २९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ३१ विकेट लिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ९ : ३३ बजे

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा