२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो



बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरहवामा आफैँ ग्यास वितरण सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघबीच भएको निर्णयअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण सुरु गरिएको हो ।

बुटवल उपमहानगरपालिका–६ हाटबजारलाइनस्थित बालमन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण भइरहेको छ । निगमका अनुसार बिहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको हो ।

नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकताका आधारमा लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण थालेको जनाएको छ । निगमका अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, किरियापुत्रीमा बसेका व्यक्ति, रातो कार्ड प्राप्त सुकुम्बासी तथा लामो समयदेखि ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकतामा राखिएको छ ।

ग्यास वितरणका लागि बुटवल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धनाथ ग्यास, त्रिशुल ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, चण्डेश्वरी ग्यास र लुम्बिनी ग्यास गरी नौवटा उद्योगका सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ ।

बुटवलमा निगमले ग्यास वितरण गर्ने भएपछि बिहान ८ बजेदेखि नै उपभोक्ताहरू बालमन्दिरस्थित वितरण केन्द्रमा लामबद्ध भएका थिए । मध्याह्नको चर्को घाममा समेत ठूलो संख्यामा उपभोक्ता ग्यास लिन लाइनमा बसेका छन् ।

बजारमा नियमित रूपमा ग्यास उपलब्ध हुन नसकेपछि उपभोक्ताले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । निगमले लक्षित वर्गलाई प्राथमिकतामा राखेर ग्यास वितरण सुरु गरेपछि तत्कालका लागि अभाव केही सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ११ : ५२ बजे

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट