१२ आश्विन २०८३, सोमबार | September 28, 2026

हिउँदमा लोडसेडिङ रोक्न भारतबाट १,१५४ मेगावाट बिजुली आयात गर्ने प्राधिकरणको तयारी



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा विद्युत् माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न भारतबाट १ हजार १५४ मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरेको छ।

बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादनमा कमी आउने र हिउँदमा माग बढ्ने भएकाले प्राधिकरणले भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार आगामी जनवरीदेखि मेसम्म माग व्यवस्थापनका लागि भारतबाट विभिन्न माध्यमबाट विद्युत् आयात गरिनेछ। उनका अनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३ सय ५० मेगावाट र आरटीसीमार्फत १ सय ५० मेगावाट विद्युत् आयात गर्ने योजना छ।

हिउँदमा नेपालभित्रबाट करिब १ हजार २ सय १८ मेगावाट विद्युत् उपलब्ध हुने प्राधिकरणको अनुमान छ। यस वर्ष राष्ट्रिय विद्युत् माग करिब २ हजार २ सय ७२ मेगावाट पुग्ने अनुमान गरिएको छ। गत वर्षको हिउँदमा राष्ट्रिय उच्चतम माग २ हजार २ सय ९२ मेगावाट पुगेको थियो।

गत वर्ष पिक समयमा भारतबाट करिब ८ सय मेगावाटसम्म विद्युत् आयात गरिएको थियो। यस वर्ष पनि आन्तरिक उत्पादनले मात्रै माग धान्न नसक्ने भएकाले आयातमा निर्भर हुनुपर्ने अवस्था रहेको श्रेष्ठले बताए।

बाढीपहिरोले उत्पादन र प्रसारण संरचनामा क्षति

पछिल्लो समय आएको बाढीपहिरोका कारण विद्युत् प्रणालीमा ठूलो क्षति पुगेको छ। अघिल्लो असोजको बाढीपहिरोका कारण करिब ३१७ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण थप करिब ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। बाढीले उत्पादन आयोजनासँगै प्रसारण संरचनामा समेत क्षति पुर्‍याएको छ।

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त २२० केभी प्रसारण संरचना पुनर्स्थापनाको काम पनि प्राधिकरणले अघि बढाएको छ। चिलिमे हबबाट थ्रीबी हब हुँदै माथिल्लो क्षेत्रमा जाने २२० केभी प्रसारण लाइनमा क्षति पुगेको छ।

बाढीले थ्रीबी हब सबस्टेसन नै बगाएकाले तत्काल पुरानै संरचना पुनर्निर्माण गर्न कठिन रहेको श्रेष्ठले बताए। चिलिमे क्षेत्रमा प्राधिकरणकै जग्गा रहेकाले सोही क्षेत्रमा नयाँ थ्रीबी हब निर्माण गर्ने तयारी गरिएको उनको भनाइ छ।

काठमाडौंको पिक डिमान्ड १० प्रतिशत बढ्ने अनुमान

प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् माग पनि बढ्ने अनुमान गरेको छ। गत वर्ष उपत्यकाको पिक डिमान्ड करिब ७ सय मेगावाट पुगेकोमा यस वर्ष करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको श्रेष्ठले बताए।

बढ्दो माग व्यवस्थापन गर्न पुराना सबस्टेसनमा रहेको लोड नयाँ चार्ज भइसकेका तथा चार्ज हुने क्रममा रहेका सबस्टेसनमा स्थानान्तरण गर्ने योजना प्राधिकरणले बनाएको छ।

चोभार, फुटुङ र मुलपानीलगायत सबस्टेसनमार्फत बढी लोड भएका फिडर तथा ट्रान्सफर्मरको भार स्थानान्तरण गर्ने तयारी भइरहेको छ। यसका लागि बागमती प्रादेशिक कार्यालय प्रमुखको संयोजकत्वमा चार–पाँच सदस्यीय टास्क फोर्स गठन गरिएको छ। टोलीले लोड व्यवस्थापनसम्बन्धी अध्ययनसमेत सुरु गरिसकेको प्राधिकरणले जनाएको छ।

काठमाडौं उपत्यकामा बिछ्याइएका ११ केभीका भूमिगत केबललाई पनि हिउँद सुरु हुनुअघि नै चार्ज गर्ने तयारी छ। यसबाट बढी लोड भएका सबस्टेसनको केही भार अन्यत्र स्थानान्तरण गर्न सकिने प्राधिकरणको अपेक्षा छ।

कुलेखानीलाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रयोग गरिने

हिउँदको विद्युत् व्यवस्थापनमा कुलेखानी जलाशयलाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रयोग गर्ने प्राधिकरणको तयारी छ। यस वर्ष कुलेखानीमा पानीको सञ्चिति पर्याप्त रहेको श्रेष्ठले बताए।

प्राधिकरणले आन्तरिक उत्पादन, भारतबाट आयात हुने विद्युत्, कुलेखानीजस्ता जलाशययुक्त आयोजनाको उपयोग तथा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमार्फत हिउँदको माग व्यवस्थापन गर्ने योजना बनाएको छ।

श्रेष्ठले विद्युत् आपूर्ति मात्र नभई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउने गरी तयारी भइरहेको बताए।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ८ : ०६ बजे

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा

हिउँदमा लोडसेडिङ रोक्न भारतबाट १,१५४ मेगावाट बिजुली आयात गर्ने प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा विद्युत् माग र

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल