३० श्रावण २०८३, शनिबार | August 15, 2026

पाटन बारको अध्यक्षमा निरौला विजयी



काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी भएका छन् । उनले एक हजार १५२ मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षमा विजयी भएका निरौला बृहत प्रगतिशील तथा पेशागत समूहबाट उद्यदेदवार बनेका थिए । उनको प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट अध्यक्षमा देवीप्रसाद रिजालले १२२ मत र स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अध्यक्ष भेषराज पोखरेलले १९९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजिवकुमार पोखरेल, महिला सहसचिवमा सीमा सुवेदी, कोषाध्यक्षमा दीलकुमार कार्की, महिला सदस्य अनिता पौडेल, सदस्यहरूमा इन्दिराकुमारी शर्मा सुवेदी, बबिता राई, खुला सदस्यमा विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा,राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मात्रिका खनाल विजयी भएका छन् ।

नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि आजै मतदान सम्पन्न भएको थियो । बिहान ८ बजेदेखि सुरु भएर साँझ ५ः३० बजे सम्पन्न भएको थियो । प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाले निर्वाचन प्रक्रिया केही सामान्य विवादबाहेक शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १० : ५१ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो