१५ आश्विन २०८३, बिहिबार | October 2, 2026

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदैछ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि जारी भेला आज समापन हुन लागेको हो ।

शुक्रबार उद्घाटन समारोह भएको भेलामा शनिबार बन्दसत्र सञ्चालन गरिएको थियो । बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता तथा पार्टी संरचनासम्बन्धी विभिन्न प्रस्ताव प्रस्तुत भएका थिए ।

बन्दसत्रमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्माले विभिन्न प्रस्ताव तथा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ सालको निर्वाचनमा कांग्रेसले ८८ सिट जितेकोमा अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप लगाइएको छ ।

पूर्वअर्थमन्त्री महतले आर्थिक नीति परिवर्तन गरी निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउनुपर्ने, कानुनलाई सरल बनाउनुपर्ने तथा परियोजनाको सम्भावनाका आधारमा कर्जा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका छन् ।

नेता रमेश लेखकले पार्टी सदस्यता लिने, नवीकरण गर्ने र अभिलेख राख्नेसम्मका सबै प्रक्रिया डिजिटल प्रणालीमा लैजानुपर्ने प्रस्ताव गरेका छन् । उनले ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा अवसर दिनुका साथै महिला र युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

भेलामा पार्टी संरचना सुधार गर्दै विभिन्न तहमा पदाधिकारी थप्ने, केन्द्रीय समितिमा विज्ञको सहभागिता बढाउने तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।

त्यस्तै, विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः दोहोरिन नदिन विधानमै स्पष्ट कार्यविधि बनाउनुपर्ने प्रस्ताव पनि भेलामा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ४५ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर