काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष माथि कडा प्रश्न तेर्साएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आवारा’ हरूले आफुलाई हटाउन खोजेको अभिब्यक्ति दिए पछि नेता रावलले चार बुदेँ प्रश्न अगाडी तेर्साएका हुन्।
हिजो इलामको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुलाई ‘च्यासलको क्यान्टिनमा बसेर आवारा’हरूले हटाउन खोजेको अभिव्यक्ति दिए पछि रावलले अध्यक्षको अभिव्यक्तिका बारेमा टिप्पणी गरेका हुन् ।
‘पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई ‘आवारा’ को उपमा दिइएको टिप्पणी गर्दै रावलले अध्यक्ष माथि पनि इतिहासले प्रश्न गरिरहेको उल्लेख गरेका छन् । यदि विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई चाहिँ के भन्ने ?’ उनले अध्यक्ष ओलीलाई सोधेका छन् ।
उनले ‘कमरेड अध्यक्षलाई केही सीधा र वैचारिक प्रश्नहरू’ भन्दै चार बुदाँमा अध्यक्ष ओलीको सो अभिब्यक्तिवारेमा टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘कमरेड, हालै इलामको कार्यक्रममा यहाँले व्यक्त गर्नुभएका अभिव्यक्ति र तिनले उब्जाएका गम्भीर वैचारिक जिज्ञासाहरूले मनमा गहिरो तरङ्ग पैदा गरेका छन्। पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको यो खुला मञ्चमार्फत आफ्ना स्पष्ट विचार राख्न बाध्य भएको छु। आशा छ, यसलाई अन्यथा नबुझि सकारात्मक रूपमा ग्रहण गरिनेछ र रिसानीको जिम्मा कमरेड कै ।’


















प्रतिक्रिया